फलोअप: रसियन नागरिक भेनीले हेलमेट बिना कुदाएका थिए ‘बेनेली’
मोटरसाइकल काठमाडौंका सौगात सामबाँनियाको नाममा दर्ता
पाेखरा | असार २०, २०८१
PHOTO: LAL PRASAD SHARMA
कास्की: पोखराको नागढुंगामा एकाबिहानै बेनेली मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएका युवक रसियन नागरिक रहेको खुलेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार घाइते हुनेमा २६ वर्षीय रसियन नागरिक पिड्नेड भेनी रहेका छन् ।
उनको अहिले फेवासिटी अस्पतालमा (आइसियु कक्षमा) उपचार भइरहेको इन्सेक्टर शर्माले जानकारी दिए । ‘पर्यटक प्रहरीको समन्वयमा रसियन नागरिक भएको खुल्न आएको छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘फेवासिटीको आइसियुमा उपचार भइरहेको छ । बिहान गम्भीर भनिएपनि अहिले खतरामुक्त (मध्यम अवस्था) भन्ने खबर छ ।’
प्रहरीलाई अस्पतालबाट प्राप्त जानकारी अनुसार भेनीको टाउकोमा रगत जमेको छ ।
यो पनि पढ्नुहोस
घाइते भेनी पुरै होसमा आएपछि मात्रै घटनाको बास्तविकता खुल्ने इन्सपेक्टर शर्माले बताए ।
प्रारम्भिक अनुसन्धानको क्रममा उनले बिना हेलमेट मोटरसाइकल चलाएको बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हेलमेट नलगाएको बैदाम प्रहरीले देखेपछि भागेको भन्ने बुझिएको छ, उनले भने, ‘त्योसँगै अन्य कुराहरुपनि सेवन गरे कि भन्ने कुरा छ । त्यसको मेडिकल रिपोर्ट आउँन बाँकी छ ।’
इन्सपेक्टर शमाले उक्त मोटरसाइकल भाडामा प्रयोग गरिएको हुन सक्ने संकेत गरे ।
उनका अनुसार सो मोटरसाइकल काठमाडौं महानगरपालिका ४ बालुवाटारका सौगात सामबाँनियाको नाममा दर्ता छ ।
‘मोटरसाइकल भाडामै चलाएको जस्तो देखिएको छ । बागमतीको नम्बर प्लेट भएकाले उता समन्वय गर्दा सौगात सामबाँनियाको नाममा दर्ता देखिएको छ, उनले भने, ‘अहिलेसम्म सवारी धनि भने सम्पर्कमा आउनुभएको छैन ।’
बिहान नागढुङ्गामा बा ९० प ५८३९ नम्बरको बेनेली मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

